प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबिच सरकारी निवास बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच आइतबार भेटवार्ता भएको हो ।
भेटमा सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ । यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओलीनिवास बालकोटमा भेटवार्ता भएको थियो ।
आज बिहान प्रचण्डले ओलीलाई टेलिफोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको बताइएको छ । ओलीसँग टेलिफोन वार्तामा तय भएअनुसार दुई नेताबीच भेटघाट भएको हो ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ १२:३०
प्रतिक्रिया दिनुहोस्