NRN
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् । आजबाट सुरू भएको एकीकृत समाजवादीको महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागी भएका छन् । 

तर नेकपा एमालेले भने समारोह बहिष्कार गरेको छ । एमालेबाट अलग भएर करिब ३ वर्षपछि गरिएको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका कोही नेता पनि नगएका हुन् ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update