NRN
सेभेन स्टार ट्राभल अब अनलाईन मार्फत बिश्वभर

- राजन घिमिरे

के तपाई बिदेश जाने सोच र तयारीमा हुनुहुन्छ ? वा आन्तरिक हवाई टिकट कताबाट लिउं र कसरी लिउं भन्ने दोधारमा हुनुहुन्छ ? अब तपाईहरूको यस्तो समस्याको समाधानका लागि सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले पहल कदमी गर्ने भएको छ ।

यो ट्राभल ऐजेन्सीले अब अनलाइन टिकेटिङ एजेन्सीको अवधारणा सुरु गरेको छ । सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले ओटीए (अनलाइन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएको हो । अब तपाईहरू विश्वको जुनसुकै स्थानमा रहे पनि आन्तरिक र वाह्य हवाई टिकट डिजिटल प्लेटफर्मका माध्यमबाट काट्न सकिने कम्पनीले जनाएको छ ।

 

सेभेन स्टारले लामो शोध र अनुसन्धानपछि इसेभेनस्टार डटकम नामक ओटीए सञ्चालनमा ल्याएको दाबी गरेको छ । एक दशक लामो अनुभवलाई प्रयोग गरी हवाई टिकेटिङ सेवामा अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरिएको समेत सेभेनस्टारले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले भन्छन -‘ यो प्रबिधि मार्फत अब विश्वभरको बजार र विश्व भर छरिएर रहेका उपभोक्तामाझ पहुँच विस्तार भएको छ । हामीलाई जसरी पहिला साथ मिलेको छ , त्यसै गरी आगामी दिनमा पनि साथ र समर्थन मिल्ने बिश्वास लिएका छौं -‘ ।

यसैबीच बास्तोलाले अनलाइनबाट काटिएको टिकटको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटबाट सोझै तिर्न सकिने गरी प्रणाली विकास गरिएको जानकारी पनि दिएका छन ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update