नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन पनि प्रतितोला दुई सय रूपैयाँ नै बढेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । शुक्रबारदेखि चाँदीको मूल्य स्थिर रहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।