NRN
एक जना पनि मन्त्री उपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित

एक जना पनि मन्त्री उपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद बैठक सुरू भइसक्दा मन्त्रिपरिषदका कुनैपनि सदस्य उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले  बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update