NRN
एकीकृत समाजवाचदीको नेतृत्व छान्न विद्युतीय मेसिनबाट मतदान हुने

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु छ । 

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ  ।

एकीकृत समाजवादीको नेतृत्व चयनका लागि हुने मतदान विद्युतीय मेसिनबाट हुने भएको छ । त्यसका लागि डेमोसमेत प्रस्तुत भएको छ ।

महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । 

त्यसैगरी, उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।  

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update