६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ
ब्रेक सुमार्फत भएको ६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ ।
ब्रेक सुमार्फत भएको ६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम्तीमा ४६ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्ने तयारी गरेको छ । सिआइबीले पक्राउ परेकाहरूबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ ।
सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय र चिनियाँ पनि छन् । ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि सीआईबीले पुन: फाइल खोलेको थियो ।
२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ १३:२६
प्रतिक्रिया दिनुहोस्