NRN
अब बोक्सीको घर थाईल्याण्डमा

- राजन घिमिरे

चलचित्र बोक्सीको घरको चर्चा, रौनकता र ख्यातीमा अझै ओरालो लागेको छैन । मूलुकको सफलतासँगै मूलुक बाहिर रहनु हुने नेपालीहरूले पनि यो चलचित्रप्रति देखाउंनु भएको माया र दर्शाउंनु भएको सदभाब साँच्चै वाह गर्न लायकको रहेको छ ।

यसैबीच नेपाली भाषीहरूको बाक्लो उपस्थिति रहेको र नेपाली कला अनि संस्कृति भनेपछी मुटुभन्दा प्यारो गर्ने बैंकक थाईल्याण्डना रहनु हुने नेपाली भाषीहरू मांझ पनि चलचित्र बोक्सीको घरको प्रदर्शनी हुने भएको छ । यो चलचित्र थाइल्याण्ड बैंकक निबासी पनिसा चाइचानाकुलको पहलमा त्यहाँ प्रदर्शन हुन लागेको हो । चलचित्रको प्रदर्शनी राती ८ बजेदेखी १० बजेसम्म हुने छ ।

पनिसाले जानकारी दिए अनुसार चलचित्र बोक्सीको घरको जुलाई २८ तारेखका दिन थाईल्याण्ड बैंककमा रहेको मेजर एकामाई सुकुमित हलमा प्रदर्शन हुने छ -‘ यो शो मा सहभागी हुन चलचित्रकी नायिका एंब निर्मात्री केकी अधिकारी पनि आउंदै हुनुहुन्छ । यो क्षण नछुटाउनु हुन म थाईल्याण्ड बैंकक निबासी सम्पूर्ण नेपाली भाषीहरू समक्ष आग्रह गर्दछु -‘ आयोजक पनिसाले बताएकी छन् ।

पछिल्लो समय नेपालपछि अन्य देशहरूमा नेपाली चलचित्रहरूको बजार राम्रो हुंदै गएको अबस्थामा बैंककमा भने नेपाली चलचित्रहरूले त्यति बजार हात पार्न नसकिरहेको अबस्थामा बोक्सीको घरको यस्तो शानदार उपस्थितिलाई सकारात्मक रूपमा हेरिएको छ । थाइल्याण्डमा यो चलचित्रको प्रर्दशन गर्न लागि परेकी पनिसा चाइचानाकुल धन्यबादकी पात्र बनेकी छन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update