NRN
गृहमन्त्री लामिछानेकाे केही व्यक्तिलाई जोगाउन समीकरण फेरिएकाे दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दाबी गरेका छन् ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

लामिछानेले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोलनुपर्‍यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update