नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । गत शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको तुलनामा आज प्रतितोला चार सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको हो ।
मंगलबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।