नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ०८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५२ पैसा पाइन्छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०५ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९० पैसा र बिक्रीमा १४३ रूपैयाँ ५४ पैसा पाइन्छ ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर भने आज १६८ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७० पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७४ पैसा पाइन्छ ।
मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ २५ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ । युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २५ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८० पैसा पाइन्छ ।