NRN
राजनीति विश्वप्रकाश शर्मा भन्छन्–गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि समय रहेको बताएका छन् । 

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री लामिछानेलाई अहिले पनि समय रहेको महामन्त्री शर्माले बताएका हुन् ।

‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौं । त्यसकारण सरकारबाट हटाइयो,’ महामन्त्री शर्माले भने, ‘अहिले पनि गृहमन्त्री हुनुहुन्छ, समय छ । प्रधानमन्त्रीले राजीनामा नदिनु भए अझै एक महिना गृहमन्त्री हुनुहुन्छ ।’

फाइल खोल्दा आग्रह पूर्वाग्रह राख्न नहुने उनले बताए । शर्माले अब बन्ने नयाँ सरकारले पनि भ्रष्टाचारका फाइल खोल्ने अपेक्षा राखे । ‘जे खोलिएका छन्, ती प्रक्रियामा हुन्छन् । जे खोल्नु बाँकी छन् । ती खुल्छन्,’ शर्माले भने ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update