NRN
देशभरका विभिन्न दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज

देशभरका विभिन्न दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ । 

निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका निर्माण कम्पनीहरुको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

 

 

 

निर्माण व्यवसायी कम्पनीहरुमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि,र मदन कन्स्ट्रक्सन प्रालि, असन बालकुमारी कन्स्ट्रक्सन, ढोफिर्दी निर्माण सेवा, दि राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन, त्रिशूल निर्माण सेवा लगायतका २३ वटा कम्पनीहरु रहेका छन ।

पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ततादेखि निर्माण व्यवसायीको भुक्तानीमा देखिएका समस्याले यस क्षेत्रबाट समेत मानिसहरू पलायन भइरहेको व्यवसायीले बताउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update