NRN
सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सहमतिबाटै नेतृत्व चयन हुने बताएका छन् ।  

बिहीबार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरुसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अहिले एकीकृत समाजवादी १० औं महाधिवेशन गरिरहेको छ ।

वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए । ‘छलफल चलिरहेको छ, सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ अध्यक्ष नेपालले भने । एकीकृत समाजवादीको महाधिवेशन असार १६ गतेदेखि जारी छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update