स्थगित भयो निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ
संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस गरेको कृष्णमान प्रधानविरूद्धको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस गरेको कृष्णमान प्रधानविरूद्धको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो ।
सुनुवाइ समितिमा प्रधानको नियुक्ति सिफारिस अनुपयुक्त भएको भन्दै प्रधानविरूद्ध ४ वटा उजुरी परेका छन् । चार वटै उजुरी यौन शोषण र दुर्व्यवहारको विषयसँग सम्बन्धित छन् ।
प्रधानविरूद्ध एक पीडितले आफूलाई पाँच वर्षसम्म निरन्तर शोषण गरेको उल्लेख गर्दै आशय करणी गरेको उजुरी दिएकी छन् । त्यस्तै, आफूले प्रहरीमा जाने प्रयास गरे पनि उजुरी दिनबाट रोकिएको बताएकी छन् ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १४:०५
प्रतिक्रिया दिनुहोस्