NRN
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो । 

वर्षाको कारण मकवानपुरको इन्द्र सरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बाटो सुचारु गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्र सरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हेटौंडा सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update