NRN
युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेलमा आज इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै

युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेल आज राति हुँदैछ ।

उक्त खेलमा साबिक उप–विजेता इङ्गल्यान्डले स्विट्जरल्यान्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । 

इङ्गल्यान्ड समूह ‘सी’ को विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो । इङ्गल्यान्डले समूहगत चरणको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । 

स्विट्जरल्यान्ड भने समूहगत चरणमा उप–विजेता बन्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो । समूह ‘ए’ मा रहेको स्विट्जरल्यान्डले पनि एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।

विश्व फुटबल महासंघद्वारा सार्वजनिक गरिएको पछिल्लो वरीयतामा इङ्गल्यान्ड पाँचौँ र स्विट्जरल्यान्ड १९औँ स्थानमा छन् ।

युरोकपमा स्विट्जरल्यान्डको यो छैटौँ सहभागिता हो । स्विट्जरल्यान्डले सन् १९९६ मा पहिलो पटक युरोकप खेलेको थियो । स्विट्जरल्यान्ड हालसम्म युरोकपको फाइनलमा पनि पुग्न सकेको छैन । 

यसैगरी युरोकपमा इङ्गल्यान्डको यो ११औँ सहभागिता हो । इङ्गल्यान्डले हालसम्म युरोकपको उपाधि भने जित्न सकेको छैन ।

अन्तर्राष्ट्रिय फुटबलमा इङ्गल्यान्ड र स्विट्जरल्यान्डबिच हालसम्म कुल २७ खेल खेलिएको छ  ।स्विट्जरल्यान्डको टोलीमा इन्टर मिलानका यान सोमर (गोलरक्षक), बायर लेभरकुजेनका ग्रानिट झाका (कप्तान), मोनाकोका ब्रिल एम्बोलो र डेनिस जाकारिया, मिलानका नोह ओकाफोरलगायतका अनुभवी खेलाडी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update