NRN
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड, अन्यको मुद्रा कति ?

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

शुक्रबार डलर एकको खरिदद १३३ रूपैयाँ ३० पैसा र बिक्रीदर १३३ रूपैयाँ ९० पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ २८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८८ पैसामा पाइन्छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रूपैयाँ ७५ पैसा र बिक्रीमा ९० रूपैयाँ १५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३६ पैसा पाइन्छ ।

शुक्रबार पाउण्ड एकको खरिददर १७० रूपैयाँ ०२ पैसा र बिक्रीदर १७० रूपैयाँ ७८ पैसा कायम गरिएको बेलायती पाउण्ड स्टर्लिङ आज एकको खरिदमा १७० रूपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रूपैयाँ २१ पैसा तोकिएको छ ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ २४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३१ पैसा बढेको हो ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६९ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ । 

मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ३० पैसा र बिक्रीमा २८ रूपैयाँ ४३ पैसा पाइन्छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १४ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ४१ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ३७ पैसा पाइन्छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update