NRN
एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ ।

आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको प्रचण्ड सरकारले विभिन्न निर्णय गर्न थालेको भन्दै बैठकले आपत्ति जनाएको बताए ।

‘प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेका छौं । हाम्रो पहिलो माग प्रधानमन्त्रीले आजै, अहिले भर्खर राजीनामा दिनुपर्छ भन्ने हो,’ प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ । उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि एमालेले माग गरेको बताए।

उनले भने, ‘राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेका छौं । अहिले सरकारले विभिन्न नर्णय गरिरहेको छ । अल्पमतमा परेको सरकारले निर्णय गर्न हैसियत राख्दैन । राजीनामा पहिलो माग हो । यदि नदिए विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं ।’

एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update