NRN
कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा

कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान स्टेट फार्म स्टेडियममा सम्पन्न क्वाटरफाइनल खेलमा पानामालाई ५-० को विशाल अन्तरालले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको हो ।

कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक एक गोल गरेका थिए । यस जितले कोलम्बिया पछिल्ला चार संस्करण मध्ये तेस्रो पटक सेमिफाइनलमा पुगेको छ ।

यो जितले कोलम्बियाको अपराजित यात्रालाई २७ खेलमा विस्तार गरेको छ । कोपा अमेरिकामा अहिले उरुग्वे र ब्राजिलबीचको खेल जारी छ । यस खेलको विजेताले सेमिफाइनलमा कोलम्बियाको सामना गर्नेछ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update