NRN
नेपाली कांग्रेसले टुंग्यायो मधेस प्रदेश सरकारमा पठाउन ४ मन्त्रीको नाम

नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा पठाउन ४ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउन लागेको हो । जसमा रौतहटका सुनिल यादव, पर्साका जनार्दन सिंह क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर राय छन् ।

सबै जिल्लाको प्रतिनिधित्व हुने गरी मन्त्रीहरूको छनौट भएको छ । तर कसलाई कुन मन्त्रालयमा पठाउने भने टुंगो लगाउन बाँकी रहेको छ । 

मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।  

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update