NRN
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने बताएका हुन् ।

आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी पहिरोको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए । 

आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गरेका छन् ।

बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update