हालसम्मकै उच्च विन्दुमा पुगेर झर्यो सुनको मूल्य
नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँ घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।आइतबार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार २४, २०८१ ११:३५
प्रतिक्रिया दिनुहोस्