नेपाल राष्ट्र बैंकको अनुसार सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो मूल्य बढेको छ ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार एकको खरिददर १३३ रूपैयाँ २८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८८ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ९६ पैसा र बिक्रीमा ९० रूपैयाँ ३७ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७१ पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा पाइन्छ ।
त्यसैगरी, आइतबार एकको खरिददर १४४ रूपैयाँ २४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा कायम गरिएको युरोपियन युरो आज एकको खरिददर १४४ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रूपैयाँ १० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसा बढेको हो ।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७० रूपैयाँ ७३ पैसा र बिक्रीमा १७१ रूपैयाँ ५० पैसा पाइन्छ।
यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ३० पैसा र बिक्रीमा २८ रूपैयाँ ४३ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६९ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ३६ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ३२ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १५ पैसा तोकिएको छ ।