NRN
फ्रान्समा वाम गठबन्धनको जित

फ्रान्सको संसदीय निर्वाचनमा वाम गठबन्धनले जित हाशिल गरेको छ । आइतबार सम्पन्न दोस्रो तथा अन्तिम चरणको निर्वाचनबाट त्यहाँ वामपन्थी गठबन्धन पपुलर फ्रन्ट १८२ सिट जितेको हो । 

५७७ सिटमध्ये वामपन्थी गठबन्धनले १८२ सिट जितेको छ ।

पहिलो चरणको निर्वाचनमा मरिन लि पेनको दक्षिणपन्थी पार्टी बहुमततर्फ अग्रसर भएपछि दोस्रो तथा अन्तिम चरणको निर्वाचनका लागि मध्यमार्गी पार्टीहरूले बामपन्थीलाई सघाएका थिए ।

नेशनल र्‍याली नेतृत्वको गठबन्धनले १४३ सिट ल्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको मध्यमार्गी पार्टी रिनेसन्सले भने १६८ सिट जितेको छ ।

रिपब्लिकन र अन्य दक्षिणपन्थी दलहरूको गठबन्धनले ६०, अरू वामपन्थी दलहरूले १३ र अन्य दलहरूले ११ सिट जितेको छ ।

कुनै पनि गठबन्धनले बहुमत ल्याउन सक्ने अवस्था नदेखिएपछि अबको प्रधानमन्त्री को हुने हो भन्ने स्पष्ट भइसकेको छैन । म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेर्बियल अट्टलले राजीनामा दिने बताएका छन् ।

रिनेसन्स पार्टी तेस्रो भएपछि प्रधानमन्त्री ग्याब्रियल अटालले राजीनामा दिने बताएका छन् ।  

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update