NRN
एमाले सांसद ठाकुर गैरे भन्छन्,  अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन

एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने जिकिर गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने गरे ।

सांसद गैरे भन्छन्,‘सरकार घोर अल्पमतमा परेको छ । देश गम्भीर अवस्थामा पुग्दा पनि प्रधानमन्त्री संविधानको प्वाल खोज्दै हुनुहुन्छ । अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ’, उनले भने, ‘यही सदनमा पनि तर्क वितर्क गरिँदै छ । बहुमत गुमेको प्रधानमन्त्रीले सेकेन्ड पनि बस्ने अधिकार रहँदैन । देशमा आइपरेको विपद् व्यवस्थापन गर्न प्रधानमन्त्रीले सहजता प्रदान गर्नु राम्रो हुन्छ ।’

देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै गैरेले आपत्ति जनाए ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update