NRN
आज अमेरिकी डलर र पाउण्डको मूल्य बढ्दा घट्यो अष्ट्रेलियन डलरको मूल्य

राष्ट्र बैंकले मंगलबारको लागि विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार आज अमेरिकी डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ भने अष्ट्रेलियन डलरको मूल्य घटेको छ ।

सोमबार एकको खरिददर १३३ रूपैयाँ २८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८८ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ ३० पैसा र बिक्रीदर १३३ रूपैयाँ ९० पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा बढेको हो ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९० रूपैयाँ २६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसा घटेको हो ।

सोमबार एकको खरिददर १७० रूपैयाँ ७३ पैसा र बिक्रीमा १७१ रूपैयाँ ५० पैसा तोकिएको पाउण्ड स्टर्लिङ आज एकको खरिदमा १७० रूपैयाँ ९६ पैसा र बिक्रीमा १७१ रूपैयाँ ७३ पैसा पाइन्छ । 

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ७१ पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा पाइन्छ भने आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ तोकिएको छ ।

त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४३ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७० पैसा तोकेको छ ।कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २१ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ६२ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ५८ पैसा पाइन्छ । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update