NRN
माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।मंगलबार सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले खेलतालिका सार्वजनिक गरेको हो ।

काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा कूल चार टोलीको सहभागिता रहेको छ । जसमा नेपालले पहीलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ । यस्तै दोस्रो खेल जुलाई २० मा कीर्गिस्तान तथा तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।

सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिता खेलाइनेछ र अन्तिममा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

केही दिनअघि भएकाे सहानाप्रधान स्मृति यु-१९ भलिबल प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा १२ खेलाडी छनोट गरिएको हो ।

नेपाली टोली जुलाई १६ मा माल्दिभ्स प्रस्थान गर्नेछ ।

नेपाली टोली :- सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update