NRN
युरो कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा आज राती स्पेन र फ्रान्स भिड्दै

युरो कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा आज राती स्पेन र फ्रान्स भिड्दैछन् । यो खेल नेपाली समयअनुसार राती पौने १ बजे सुरु हुनेछ।

स्पेन अन्तिम पटक सन् २०१२ र फ्रान्स अन्तिम पटक सन् २०१६ मा युरो कपको फाइनल पुगेको थियो। यी दुई टोली अन्तिम पटक सन् २०२१ मा भिडेका थिए जसमा फ्रान्स २-१ गोलले विजयी भएको थियो।

सन् २०१२ को युरो कपमा स्पेनले फ्रान्सलाई क्वाटरफाइनलमा हराएर पछि उपाधिसम्मको यात्रा तय गरेको थियो। त्यसयता यी दुई टोलीबीच ५ भिडन्तमा स्पेनले २ जित, फ्रान्सले २ जित निकालेको छ भने एक खेल बराबरीमा सकिएको छ।

अन्तिम पटक स्पेनले सन् २०१७ मा फ्रान्सलाई हराएको थियो। जारी युरो कपमा पहिलो चरणमा दुई बराबरी र एक जित निकालेको फ्रान्सले प्रिक्वाटरफाइनलमा बेल्जियमलाई १-० ले हराएको थियो भने क्वाटरफाइनलमा पोर्चुगलमाथि टाइब्रेकरमा जित हात पारेको थियो।

यता स्पेनले पहिलो चरणमा तीनवटै खेल जितेको थियो भने प्रिक्वाटरफाइनलमा जर्जियालाई ४-१ र क्वाटरफाइनलमा जर्मनीलाई २-१ गोलले हराएको थियो।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update