परराष्ट्र सचिव सेवा लम्साल आज भारतकाे नयाँ दिल्ली जाँदै
परराष्ट्र सचिव सेवा लम्साल आज भारतकाे नयाँ दिल्ली जान लागेकी छन् ।
बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने मन्त्रीस्तरीय दोस्रो बिमस्टेक बैठकमा भाग लिन सचिव लम्साल आज भारत जान लागेकी हुन् । उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा क्षेत्रीय सहयोग, समन्वय, सहकार्यलगायत विषयमा छलफल हुने जनाइएको छ ।
सो अवसरमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ ।
लम्साल सहितको नेपाली प्रतिनिधि मण्डल शनिबार फर्किने छ ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ १४:४५
प्रतिक्रिया दिनुहोस्