NRN
कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ । आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । 

पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३ ले पराजित गरेको थियो ।

त्यसअघि  निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो । उरुग्वेलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै लुइस स्वरेजले हारबाट बचाएका थिए ।

त्यसअघि कहल्को आठौँ मिनेटमा रोड्रीगो बेन्टानचरले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै क्यानडाले १-० गोलले पछि परेपछि खेलको २२औँ मिनेटमा इस्माएल कोने र खेलको ८०औँ  मिनेटमा जोनाथन डेभिडको गोलमा २-१ को अग्रता लिएको थियो ।

यो हारसँगै क्यानडा भने चौथो भएको छ । अब कोपा अमेरिकाको फाइनल खेलमा भोली बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update