NRN
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र डडेल्धुराबाट १४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दुई स्थानबाट १४ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२ वर्षीय प्रकाश पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेल समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय ४५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । 

यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐर समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update