NRN
ओली आज चौथो पटक मुलुकको प्रधानमन्त्री बन्दै, शपथ ग्रहण भोलि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको प्रधानमन्त्री नियुक्त हुँदैछन् । नयाँ प्रधानमन्त्रीमा दाबी गरेका एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गर्न लागेका हुन् ।

राष्ट्रपतिले आज साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन् । चौथो पटक प्रधानमन्त्री बन्न लागेका ओलीलाई आज प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राख्ने तयारी राष्ट्रपति कार्यालयको छ ।

नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका थिए । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका छन् ।

उनी यसअघि ओली पहिलोपटक २०७२ साल असोज २५ गते मुलुकको प्रधानमन्त्री बनेका थिए। त्यसपछि ओली २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update