NRN
एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको नाम

अमेरिकाको पेन्सेल्भनियामा शनिबार आयोजित चुनावी र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारको घटनालाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले हत्याको प्रयास भनेको छ ।

शनिबार साँझ पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई गोली हानेर मार्ने प्रयास भएपछि प्रहरी र अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले थप जानकारी दिन पत्रकार सम्मेलन गरेको छ ।

 ट्रम्पमाथि गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको थियो भने अरू दुई जना गम्भीर घाइते भएका थिए ।

ट्रम्पमाथि २० वर्षीय थोमस मथ्यु क्रुक्सले गोली प्रहार गरेको एफबीआईले जनाएको छ । एफबिआइका अनुसार उनी पेन्सिलभेनियाको बेथेल पार्कका हुन् । सन्दिग्धले ट्रम्पलाई मार्ने प्रयासमा गोली चलाएका थिए । गोली प्रहार हुँदा ट्रम्पले भर्खरै आफ्नो भाषण सुरु गरेका थिए । 

गोली लागेपछि अस्पताल पुर्‍याइएका ट्रम्पलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन शुरु हुन ४ महिना भन्दा कम समय बाँकी रहँदा यो घटना भएको हो । यस घटनाको बनाइडेले पनि निकै आलोचना गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update