NRN
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले लिए शपथ 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको शपथ लिएका छन् । 

शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् ।

राष्ट्रपतिले असार ३० गते ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली यसअघि २०७२ असोज २५  गते, २०७४ फागुन ३ गते र २०७८ वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । 

प्रधानमन्त्रीको साथै अन्य २१ जना मन्त्रीहरूको शपथ लिएका छन् । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update