NRN
उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णु पौडेल

केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार सिंहले उपप्रधान सहित विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् ।

सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update