NRN
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ बहिस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् । 

सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी नभएर बहिस्कार गरेका हुन् ।  

यद्यपि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले काठमाडौँ बाहिर रहेकाले अध्यक्ष नेपाल शपथमा सहभागी नभएको बताए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update