NRN
मंगलबार अमेरिकी डलरको मूल्य बढ्दा घट्यो पाउण्ड र अष्ट्रेलियन डलरको मूल्य

राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार मंगलबार अमेरिकी डलरको मूल्य बढेको छ भने र पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको मूल्य घटेको छ।

सोमबार एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम अमेरिकी डलर कायम राष्ट्र बैंकको अनुसार आज एकको खरिददर १३३ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको हो।

त्यस्तै, सोमबार एकको खरिददर १७३ रूपैयाँ २९ पैसा र बिक्रीमा १७४ रूपैयाँ ०७ पैसा तोकिएको पाउण्ड स्टर्लिङ एकको खरिदमा १७३ रूपैयाँ १९ पैसा र बिक्रीमा १७३ रूपैयाँ ९७ पैसा पाइन्छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रूपैयाँ ४६ पैसा र बिक्रीदर ९० रूपैयाँ ८७ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो ।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४६ रूपैयाँ २७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा  ९७ रूपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रूपैयाँ २४ पैसा पाइन्छ।

त्यसैगरी,  राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७४ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६० पैसा र बिक्रीमा ३६ रूपैयाँ ७६ पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५० पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ५७ पैसा र बिक्रीमा २८ रूपैयाँ ७० पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६५ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ६२ पैसा पाइन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update