NRN
चौथो पटक प्रधानमन्त्री बनेका ओलीले साउन ६ गते आइतबार पहिलो संसद् सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि आउँदो आइतबार पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् ।

साउन ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update