NRN
लिलादेवी गडतौला सरकारको कायममुकायम मुख्य सचिवमा

सरकारले प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिला देवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको छ ।

सोमवार केपी शर्मा ओली नेतृत्वको सरकारको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो । 

गडतौला यसअघि निमित्त मुख्यसचिवको जिम्मेवारीमा थिइन् । गत असार ९ गते उनलाई मन्त्रिपरिषद बैठकले निमित्त मुख्यसचिवको जिम्मेवारी तोकेको थियो ।

त्यसअघिका मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो ।

गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन् । उनी २०७७ कात्तिकमा सचिव भएकी थिइन् ।

मन्त्री परिषद् बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update