NRN
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री राणालाई राजदूत श्रीवास्तवले शिष्टाचार भेट भरेको परराष्ट्रले जनाएको छ ।

भेटका क्रममा नेपाल–भारतबीच सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update