NRN
नवलपरासी पूर्वमा कुकुर मारेको निहुँमा छोराले गरे ढुंगाले हानेर आफ्नै बाबुको हत्या

पूर्वी नवलपरासीको कावासोती नगरपालिका- ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् ।

प्रहरीका अनुसार बुधबार बिहान सवा ११ बजे १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डिएसपी बेद पौडेलका अनुसार अनुसार घरमा पालेको कुकुरलाई कुटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो । प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो । 

सोही विषयमा झगडा हुँदा निराजनले बाबुमाथि ढुंगा प्रहार गरेको डिएसपी पौडेलले बताए । उनका अनुसार ढुंगा टाउकोमा लाग्दा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो । 

प्रहरी टोलीले छोरा निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update