NRN
यस्तो छ बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०४ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०५ पैसा पाइन्छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ०१ पैसा र बिक्रीमा ९० रूपैयाँ ४१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ र बिक्रीमा १४६ रूपैयाँ ६५ पैसा पाइन्छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर भने १७४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रूपैयाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७४ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७६ पैसा पाइन्छ। 

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ६१ पैसा र बिक्रीमा २८ रूपैयाँ ७४ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ र बिक्रीदर ३५५ रूपैयाँ ५९ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ८२ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ७८ पैसा पाइन्छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update