पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु
चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।
चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको हुप्सीकोट गाउँपालिका- २, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर आज साढे ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएकोमा सोही अस्पतालमा मृत्यु भएको हो ।
पिसाब थैलीमा क्यान्सर भएकोले बुधबार अस्पतालमा उपचार गर्न आएका दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको प्रहरीले जानकारी दिए ।
मगर आज बिहान १० बजेर ४० बजे अस्पतालको झ्यालबाट खसेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ १३:२०
प्रतिक्रिया दिनुहोस्