NRN
शुक्रबारको बढ्यो अमेरिकी डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

नेपाल राष्ट्र बैंकले साताको अन्तिम दिन अर्थात् शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

बुधबार एकको खरिददर १३३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०४ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १५ पैसा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको ११ पैसा बढेको हो ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ८९ पैसा र बिक्रीमा ९० रूपैयाँ ३० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०६ पैसा पाइन्छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७३ रूपैयाँ ३७ पैसा र बिक्रीदर १७४ रूपैयाँ १५ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ९८ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६४ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ६१ पैसा र बिक्रीमा २८ रूपैयाँ ७४ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८८ पैसा तोकिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ १२ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ०९ पैसा पाइन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update