NRN
काभा यू-२० महिला भलिबलको पहिलो खेलमा नेपालको हार

सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

गए राति माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो । 

नेपाल पहिलो सेट श्रीलंकासँग २५–२० ले पराजित भएको थियो भने खेलको दोस्रो सेट नेपालले २६–२४ ले जितेको थियो । तेस्रो सेटमा २५–११ ले गुमाएको नेपालले चौथो सेट पनि २५–१८ गुमाएसँगै नेपाल पराजित भयो।

च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update