NRN
काभा यू-२० महिला भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल किर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार नेपाल र कीर्गिस्तानबीच राति ९:१५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । श्रीलंकासँग नेपाल ३-१ को सेटमा पराजित भएको थियो ।

उता किर्गिस्तानले भने पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । 

पहिलो खेल भएकोले पनि खेलाडीको तालमेल र यहाँको वातावरणमा खेल्न नेपाली खेलाडीलाई केही कठिन भएको थियो । चार टोली सहभागी प्रतियोगितामा नेपालले लिगको अन्तिम खेल शनिवार माल्दिभ्ससँग खेल्नेछ । लिगमा जस्तो नतिजा आएपनि चारै टोलीले सेमिफाइनल खेल्नेछन् ।

सेमिफाइनलमा  लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा(कप्तान),  एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update