NRN
एसिया कपमा नेपालले आज यूएईसँग खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एशिया कप महिला टी–२० क्रिकेट प्रतियोगितामा आज यूएईको सामना गर्ने भएको छ । खेल श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा हुने नेपाल र यूएईबीचको नेपाली समय अनुसार दिउँसो २ः१५ बीच हुनेछ ।

तीन साता अगाडि एसिया कपको तयारीका लागि श्रीलंका पुगेको नेपाली टिमले तीन वटा अभ्यास खेल खेलेको छ ।प्रतियोगितामा आठ टोलीको सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

इन्दु बर्मा कप्तान रहेको टोलीमा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् ।

नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update