NRN
यस्तो छ निर्मलाको नेपालदेखी रसिया हुंदै अमेरिकासम्मको यात्रा

- राजन घिमिरे

सबैभन्दा ठूलो कुरा त इच्छा , चाह र उद्देश्य हो । यदि मन र दिमागमा यस्ता कुरा छन भने बिश्वको जुनसुकै देशमा पुगेको पनि मानिसले आफ्नो चाहलाई त्याग्न सक्दैन , झनै डटेर लाग्छ ।

यही कुरा निर्मला घिमिरे ( निरू ) को जिबनमा पनि लागू भएको छ यतिबेला । नेपालको गुल्मीमा जन्मिएकी निर्मलाको बच्चादेखीको चाह थियो गीत गाउंने र यो बिधामा अगाडि बढ्ने । उनको त्यो चाहलाई न समयले छेक्यो न त परिबार नै बाधक बन्यो । अध्यनको क्रममा ग़ुल्मी हुंदै बुटवलबाट काठमाण्डौ छिरेकी उनी स्कूले जिबनमा नै गायन बिधामा अगाडि बढिसकेकी थिईन । १२ कक्षा पास गरेर काठमाण्डौ आएपछी पद्मकन्या कलेजमा भोकल कक्षामा आबद्द भएपछि गायन बिधामा केही गर्छु भन्ने उनको उद्देश्यमा झनै मलजल थपियो र उनी परिस्कृत हुंदै अगाडि बढिन -‘ यसै क्रममा रसिया निबासी रंग पौडेलसंग मेरो बिबाह भयो र म रसिया पुगे । म मेरो परिबारसंग रसिया पुगेता पनि मेरो गायन क्षमता र चाहलाई मेरो परिबारले बुझेकाले मैले निराश हुनु परेन । मैले रसियामा पनि गायन बिधालाई निरन्तरता दिने अबसर पाएँ -‘ निर्मलाले भनिन ।

रसियामा रहंदा नेपाली समाज होस या अन्य देशका कार्यक्रमहरू नै किन नहोस , निर्मलाले बिदेशी मन्चमा नेपाली गीत - संगीत प्रस्तुत गर्दा पाएको ताली र स्याबासी सांच्चै गौरब गर्न लायकको छ । गीत संगीत प्रस्तुत गर्ने क्रममा मस्कोभन्दा केही टाढा कालुगा भन्ने शहरमा उत्कृष्ट प्रस्तुतिका कारण गर्भनरबाट पुरस्कार हात पारेकी थिईन । गुल्मीमा जन्मिएकी निर्मलालाई समयले यतिबेला भने अमेरिकाको डालस शहर पुर्याएको छ ।

नेपालबाट रसिया हुंदै अमेरिका पुगेकी निर्मला घिमिरे ( निरू ) को अमेरिकामा पनि गायन बिधा झनै झांगिंदै अगाडि बढिरहेको छ -‘ नेपाली गीत -संगीत त मेरो मुटु हो । यसलाई जहां पुगे पनि म छोड्न सक्दिन । मलाई मेरो परिबारको साथ मिल्दा झनै उर्जा थपिएको छ -‘ उनले भनेकी छन । यतिबेला अमेरिकाको डालस लगायतका शहरहरूमा नेपाली गीत - संगीत समबन्धि केही कार्यक्रमहरूको आयोजना हुने भयो भने आयोजकको पहिलो रोज़ाईमा पर्ने गर्छिन निर्मला घिमिरे ( निरू ) । स्टेज तताउंन सक्ने अनि मिठो आबाज र उत्कृष्ट गित - संगीत प्रस्तुत गर्न सक्ने गजबको क्षमता र दक्षता छ उनमा । हालै अमेरिकाको क्यालफोर्नियामा आयोजना भएको फिल्म फेस्टिबलमा आयोजक प्रकाश थापाको निमन्त्रणामा त्यहां निर्मलाले ‘…..चौबन्धिमा पटुकी बांध्या..’ लगायतका गित गाउंदा ताली र स्याबासीको बर्षा पाएकी थिईन ।

निर्मलाले चर्चित गायक प्रमोद खरेलसंग गाएको ‘…माया मेरी कता गै र ‘…..कहाँ पोखु कहाँ…’ गीतको म्यूज़िक भिडियो बजारमा ल्याई सकेकी छन भने नेपाली गीत - संगीतका हस्तीहरु एम बराल , कालीप्रसाद बांसकोटा,मिलन लामा ,सरिश्मा अमात्य , नरेन्द्र प्यासी र मह जोडी लगायत स्रष्टाहरूसंग स्टेज सेयर गरेर आफ्नो क्षमता , दक्षता र प्रतिभा प्रस्तुत गरिसकेकी छन ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update