नेपाल राष्ट्र बैंकले साताकाे पहिलाे दिन अर्थात् आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार अमेरिकी डलरको मूल्य बढ्ने क्रममा रहेको छ । आइतबार डलर हालसम्मकै महँगो भएको छ ।
आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा तोकिएको छ ।यसअघि गत असार ७ गते डलरको भाउ १३४ रूपैयाँ १५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो । पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ३९ पैसा तोकिएको छ भने आइतबार युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रूपैयाँ १२ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४४ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८७ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ४९ पैसा र बिक्रीमा २८ रूपैयाँ ६२ पैसा पाइन्छ ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ६९ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९४ पैसा तोकिएको छ ।